पर्सा । विभिन्न ठाँउबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१६ माई धिया पोखरीबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका नोट २ सय ८० थान र नेपाली रूपैयाँ १ लाख ३३ हजार ५ सय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ आवुखैरनी गाउँपालिका–६ बस्ने ४० वर्षीय सुरेश दास रहेका छन् । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले उनलाइ उक्त नगदसहित बुधबार साँझ पक्राउ गरेको हो ।
यसैगरी पर्साकै वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको नोट १ सय ५० थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बेतिया ग्राम पञ्चायत जय नतिया–९ बस्ने २७ वर्षीय पप्पु प्रसाद रहेका छन् । प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त भारतीय रूपैयाँसहित बुधबार राति पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।