काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका–४ डुबेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सन्ची माया मोक्तानको छोरा ८ वर्षीय निशान बल रहेका छन् । सोही ठाँउको पाल्पालेस्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको बुधबार दिउँसो मृत्यु भएको हो।
रूकुम (पश्चिम) आठबिसकोट नगरपालिका–१४ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ओखरपाटा बस्ने ६५ वर्षीय तिले कामी रहेका छन् । सोही ठाँउको पिपलचौरस्थित ठाडो नहर खोलामा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।