सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

सुनसरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामधुनी नगरपालिका–९ धुराहा फिल्टुनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने २० वर्षीय निरज चौधरी रहेका छन् ।

शौचालय जाने क्रममा मुसाले काटेको तारमा टेक्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस