छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषसहित ९ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैधलागूऔषधसहति ९ जना पक्राउ परेका छन् । धनकुटाको धनकुटा नगरपालिका–१ हिलेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ६० मिलिग्रामसहित ६ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३१ वर्षीय राजेश तामाङसहित ६ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय पाख्रीबास र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित बुधबार पक्राउ गरेको हो ।

यसैगरी सिरहाको गोलबजार नगरपालिका-६ शैनिक चोकबाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका–९ बस्ने ६० वर्षीय भगवानदत ठाकुर र सोही नगरपालिका–१२ बस्ने ५२ वर्षीय रामअशिष ठाकुर रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले प्र.२–०१– ००२ प ६००० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजासहित बिहीबार बिहान पक्राउ गरेको हो ।

यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहा चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४८ एम्पुल, बुप्रेनोर्फिन ४७ एम्पुल र फेनारगन ४७ एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–११ बरुवाटार बस्ने १९ वर्षीय बिशाल राई रहेका छन् । ईलाका प्रहरी कार्यालय कडोरवनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित बुधबार राति पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस