काठमाडौं । भन्सार छलि ल्याएको सामानसहित एक जना पक्राउ परेका छन् । मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट, १ सय ५० वटा म्याड गुज्रीएको महरिच मल्टि भिटामिन ट्याब्लेट, करीव १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ्ग पेपरसहित बिहीबार सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेको मन्डन देउपुर नगरपालिका–९ बस्ने अन्दाजी ५० वर्षिय ज्ञानेन्द्र कुमार सापकोटा रहेका छन् । बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख २६५६ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामानसहित नं. १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सापकोटालाई बरामद औषधीसहित आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय बिरगंजमा र बरामद लत्ताकपडा, प्रिन्टिङ्ग पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।