इलामबाट चोरीनिकासीको सामान बरामद

दियो पोस्ट  

इलाम । इलाममा चोरीनिकासीका सामान बरामद भएको छ । जिल्लाको सर्योदय नगरपालिका–२ स्थित दुईमाईल ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले ७ लाख ७८ हजार ४ सय रुपैयाँ बराबरको चुरोट र टु मेन टेन्ट (पाल) बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको उल्लेखित मुल्यको खुकुरी, शिखर, पाइलट चुरोट र ५ थान पाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो । सोही ठाउँमा रहेको जंगलको बाटो हुँदै लैजाँदै गरेका व्यक्तिहरुले गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै चुरोट तथा पाल सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।