
रुपन्देही । रुपन्देहीमा चोरीपैठारीको चिनीसहित २ वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको रोहिणी गाउँपालिका–३ छोड्की रामनगर ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करीव १ लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चिनीसहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा ल्याउँदै गरेको उल्लेखित मुल्यको ३ सय के.जी. चिनी प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले नियन्त्रणमा लिएको हो ।
बरामद चिनी तथा मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।