पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा उपचारका लागि रिहा

क्विन्टल सुन तस्करी प्रकरणः

दियो पोस्ट  

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ ।

उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि रिमा गरिएको हो । किमो थेरापी गरिरहेकी उनलाई सफाइ भने दिन नसकिने स्रोतले बतायो । उनी सुन ओसारपसारमा संलग्न भएको वा नभएको टुंगो छैन । साउन ४ मा समातिएको सुन निकाल्नका लागि भन्सार एजेन्ट उनी थिइन् । यद्यपी भन्सार एजेन्टलाई कार्गोभित्र के सामान छ भन्ने कुरा सबै थाहा हुँदैन ।