छुट्टाछुट्टै ठाँउमा जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बर्दियामा ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका–६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो ।

यसैगरी भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका–१४ झ्याडी घर भई हाल सोही जिल्लाको बोडे बस्ने २५ वर्षीय सिङ्ग बहादुर माझी रहेका छन् । ती बालिका आइतबार दिउँसोदेखि हराएकी थिइन् । बालिकाको खोजी तथा अनुसन्धान गर्ने क्रममा माझीले ती बालिकालाई सोमबार भक्तपुर सूर्यविनायकस्थित कोठामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपछि उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।