बाँकेमा भारतीय नक्कली नोटसहित एक जना पक्राउ

दियो पोस्ट  

बाँके । बाँकेमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको नेपालगंज उपमहानगरपालिकाण्ज्ञछण्-४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख नारायणी नगरपालिका–६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मी रहेका छन् । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त नक्कली नोटसहित बिहीबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।