लमजुङमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

दियो पोस्ट  

लमजुङ । लमजुङमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । जिल्लाको मर्स्याङदी गाउँपालिका–९ डेरा गरी बस्ने ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–३ बस्ने ३६ वर्षीय मिनराज तामाङसहित २२ जना रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित बिहीबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।