
काठमाडौं । सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भन्सार छलि लैजान लागेको करिब १ सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला १ थान सहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय भारतीय नागरिक इस्हाब रहेका छन् ।
दुबईबाट फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा लुकाई छिपाई भन्सार छलि लैजान लागेको क्रममा उक्त धातुसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।