नगद २ लाखसहित जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

दियो पोस्ट  

मकवानपुर । मकवानपुरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–२ स्थित एभोकाडो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय बलराम बिश्वकर्मासहित ५ जना रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ५४ हजार ४ सय २० रूपैयाँसहित बिहीबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।