७ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

चितवन । चितवनमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङ रहेका छन् । चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा सामुदायिक बनमा ललाई फकाई गरी लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।