
भक्तपुर । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । जिल्लाको मध्यपुर ठिमी नगरपालिका–३ कौशलटारस्थित प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रामेछाप सुनपाति गाउँपालिका–५ घरभएका ४० वर्षीय प्रभु खड्कासहित १३ जना रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रूपैयाँ र १० बुक ताससहित शनिबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।