कास्की । फेवा तालमा डुबेर एक जना बालकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईड केदारेश्वर मन्दिर पछाडि फेवा तालमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका जरेबर बस्ने १२ वर्षीय कुशल पुलामी मगर रहेका छन् ।
उक्त तालमा ४ जना बालकहरू पोडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा कुशल डुबेको भन्ने खबर प्राप्त हुनासाथ गण्डकी प्रदेश प्रहरी गणसहितको उद्दार टोलीले उद्दार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।