काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर ताप्लिङ गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ३८ वर्षीय रविन्द्र राई रहेका छन् ।
राइले १ जनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक रकम लिई सम्पर्क बिहीन भएका थिए । फरार रहेका उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।