क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी, एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–६ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ बस्ने २७ वर्षीया फुलमाया जिरेल रहेका छन् । जिरेलले १ जनालाई क्यानडा पठाइ प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी  पीडितबाट पटकपटक गरी ३ लाख ७४ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई  फरार भएका थिए ।

फरार भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।