सल्यानमा छोराद्धारा आमाको हत्या

दियोपोस्ट संवाददाता

सल्यान । सल्यानमा आमाको हत्या गरेको आरोपमा आफ्नै छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारी रहेका छन् । उनले आफ्नै आमा ४८  वर्षीया आमा शारदा भण्डारीलाई लठ्टी प्रहार गरी हत्या गरेका हुन् ।

मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीले आरोपित छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

सिफारिस