प्रधानमन्त्री प्रचण्डसँग युरोपेली सङ्घका राजदूतको भेट

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे ।

उनीहरुबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायत विषयमा समेत छलफल भएको बताइएको छ ।