
ललितपुर । ललितपुरमा गाडीको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्लाको महानगरपालिका–२२ फर्सिडोल ओम श्री इँटाभट्टा उद्योगभित्र प्रदेश ०३–०१–००३ प ९०८३ नम्बरको निसान गाडीको ठक्करबाट एक जना बालकको सोमबार दिउँसो मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही इँटाभट्टामा काम गरी बस्ने रोल्पा कोटगाउँ गाउँपालिका–६ घर भएका २० वर्षीय सुरेस कुमालको छोरा ५ वर्षीय सागर कुमाल रहेका छन् ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो । गाडीका सह–चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहको छ ।