बुटवल । नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । बुटवलमा १ हजार दरको १ थान सक्कली र ४४ थान नक्कली नेपाली नोटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू जिल्लाको उपमहानगरपालिका–११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका–९ बस्ने साहिल थापा मगर रहेका छन् ।
सैनामैना नगरपालिका–१ रानिबगियामा लु.१४ प २०९० नम्बरको मोटरसाइकल र लु.९२ प २८०१ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएको थियो । साेही विषयमा मोटरसाइकल र स्कुटरमा सवार ४ जनाकाे ईलाका प्रहरी कार्यालय रन्यौरामा छलफलको क्रममा शंका लागि तलासी भएको थियो । सोही क्रममा मोटरसाइकलमा सवार उनीहरुकाे साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।