छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । ललितपुरको ललितपुर महानगरपालिका–१ कुपण्डोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ बस्ने दोलखा तामाकोशी गाउँपालिका–३ घर भएका १९ वर्षीय शिब विक रहेका छन् । सोही ठाउँस्थित बालाजु अटो वर्कसपको शाखा कार्यालय निर्माण गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउबस्ने ३८ वर्षीय ग्रिपलाल साह रहेका छन् । सोही ठाउँस्थित आफ्नै घरमा टिभीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।