नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

चितवन । चितवनमा नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–१७ गोब्रेनीबाट नियन्त्रित लागूऔषध एनारगन २ सय २५ पिस र ट्रामाडोल २ सय २५ पिससहित एक जना परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय काले भन्ने सुबिन परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित मंगलबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस