एकनाले भरूवा बन्दुक र जरायोको सिङसहित एक जना पक्राउ

दियो पोस्ट  

बाँके । बाँकेमा एकनाले भरूवा बन्दुक र जरायोको सिङसहित एक जना पक्राउ परेका छन् । जिल्लाको कोहलपुर नगरपालिका–१३ सिम्रीमा एकनाले भरूवा बन्दुक र जरायोको सिङ १ जोडीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय लाल बहादुर पचलैया रहेका छन् ।

उनले सोही ठाउँ बस्ने वीर बहादुर वलीको घरमा पालेको कुकुरलाई बन्दुकले मारेको भन्ने विशेष खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त बन्दुक र सिङ फेला पारी सोमबार राति पक्राउ गरेको हो ।

साथै कोहलपुरकै कोहलपुर नगरपालिका–१३ सिम्रीमा एकनाले भरूवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने शेर बहादुर खत्रीको घरबाट प्रहरीले बरामद गरेको हो । हाल फरार शेर बहादुरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ