धनुषामा खोलाले बगाएर एक जनाको मृत्यु

दियो पोस्ट  

धनुषा । धनुषामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका–२ आनन्दपुरस्थित बसी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय अजय यादव रहेका छन् ।

उक्त खोला तर्ने क्रममा यादवलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, ईलाका प्रहरी कार्यालय ढल्केवर र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले उद्दार गरी उपचारको लागि महेन्द्रनगर हेल्थ केयर पठाएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस