काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलेपछि पनि एमालेले संसद् अवरुद्ध गरेको हो । सभामुख देवराज घिमिरेले भने नियमित कार्यसूचीलाई अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यसूचीलाई अगाडि बढाउने भनेपछि एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद्को बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।