काठमाडौं । कैलालीमा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८
वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ करिब ६० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ बस्ने ४३ वर्षीय बच्छिराज खटिक रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित मंगलबार राति पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।