पर्सामा कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

पर्सा । पर्सामा कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको पर्सागढी नगरपालिका–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अंसारी र ४५ वर्षीय वकिल महमद अंसारी रहेका छन् ।

१६ वर्षीया किशोरीलाई टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर वकिल महमद अंसारी र अली महमद अंसारीबीच शनिबार राति झै– झगडा तथा कुटपिट भएको थियो । सोही अवस्थामा  अबतुल्लाह मिया अंसारीले जमुदिन नारायणीलाई चिर्पट प्रहार गरेका थिए । प्रहारबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको छ ।