नगद ३२ हजार रूपैयाँसहित जुवातास खलिरहेको अवस्थामा ७ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगरस्थित दिपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–६ जोरपाटी बस्ने ५२ वर्षीय अरुण घिमिरेसहित ७ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३२ हजार रूपैयाँ र ३ बुक ताससहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।