रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कोटहिमाई गाउँपालिका–३ कुडसर बस्ने १५ वर्षीय सचिन गौड रहेका छन् ।
आफ्नो कोठामा पंखाको तार जोड्ने क्रममा एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मंगलबार राति
मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।