बागलुङ । बागलुङमा ५ थान एकनाले भरुवा बन्दुक बरामद भएको छ ।
जिल्लाको गलकोट नगरपालिका–३ माम्ले देउरालीस्थित एकनाले भरुवा बन्दुक ५ थान प्रहरीले बरामत गरेको हो ।
सोही ठाउँस्थित भगवतीस्थान सामुदायिक वनको ओडारबाट वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको एकनाले भरुवा बन्दुक ५ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी हटियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।