सिराहमा अर्धनग्न अवस्थामा कापी उद्योगीको शव फेला

दियो पोस्ट  

सिराह। सिराहामा अर्धनग्र अवस्थामा शव फेला परेको छ । सिरहाको मिर्चैया नगरपालिका–६ कटारी जाने बाटोस्थित शम्भु होटलको छेउमा एक जनाको अर्धनग्न अवस्थामा शव फेला परेको हो । मृत्यु हुनेमा मोरङ विराटनगर उपमहानगरपालिका–१० बस्ने २५ वर्षीय सिद्धान्त भट्टराई रहेका छन् ।

आफ्नै को.१ च९१७२ नम्बरको पिकअप गाडीमा कपी लोड गरी बिक्रीवितरण गर्न चालकसहित आएका उनी बास बसेको उक्त होटल नजिकै मृत फेला परेका हुन् ।

सो होटलमा खानपिन पछि राति करिब ११ बजे शम्भु होटलमा पुगेर भट्टराईले वियर मागेर खाएपछि शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको टाउको र छातीमा सामान्य चोट जस्तो देखिन्छ । मृतकले वान्ता पनि गरेका कारण पोष्टमार्टम पछि थप विवरण खुल्ने  प्रहरी बतायो ।

शम्भु होटलमा सञ्चालक बाबु छोरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।