बाँकेमा १८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

बाँके । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय भिम बहादुर विक रहेका छन् ।

विकले ती किशोरीलाई विभिन्न प्रलोभन देखाई नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित होटलमा लगेका थिए । उक्त होटलमा उनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।