काठमाडौं । लावारिस अवस्थामा ३ जनाको शव फेला परेको छ । नुवाकोटको तार्केश्वर गाउँपालिका–४ दर्शनटारमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा धादिङ निलकण्ठ नगरपालिका–१४ बस्ने ४२ वर्षीया सरस्वती रिमाल रहेकी छिन् । सोही ठाउँस्थित त्रिशुली नदीको किनारमा बुधबार मृत अवस्थामा उनको शव फेला परेको हो ।
साथै कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा एक जना मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई रहेका छन् । उनी सोही ठाउँस्थित खुटिया खोलामा दाउरा निकाल्न भनी गएका थिए । उनी घर नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोला नजिक पानी जमेको खाल्डोमा उनी बिहीबार मृत अवस्थामा फेला परेको हो ।
यसैगरी बागलुङको बागलुङ नगरपालिका–१४ सल्लाघारी भन्ने स्थानदेखि करिब ३ सय मिटर तल बिहीबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही नगरपालिका ठुलाखर्क बस्ने १९ वर्षीया एलिसा सुनार रहेकी छिन् । उनी घरबाट बुधबार हिँडेकी थिइन् । घर नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङ, ईलाका प्रहरी कार्यालय बलेवा, बिपद ब्यावस्थापन गुल्म बागलुङ र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म समेतबाट संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनकाे शव फेला पारेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।