सर्लाही । सर्लाहीमा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–१२ अडीस्थित आफन्तकोमा आएका एक जनाको कुवामा डुबेर मृत्यु भएको हाे ।
मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–८ बस्ने २६ वर्षीय प्रशान्त पाख्रिन रहेका छन् । उनको कुवामा पानी खाने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।