महिलाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका–२ घर भएका ३९ वर्षीय तुलाराम सारू रहेका छन् ।

पसलमा सामान खरिद गर्ने क्रममा चिनजान भएकी महिलाको सिम कार्ड आफूसँग सिम नभएको बहानामा सारूले लिएका थिए । पिडीत महिलालाई फेसबुकमार्फत साथी बनाई विवाह गर्ने प्रलोभनमा पारी म्यासेन्जरमार्फत अश्लिल भिडियो तथा तस्बिरहरू रेकर्ड गरी दुख हैरानी दिने गरेका थिए ।

पीडीत महिलाले प्रोफाइल ब्लक गरेपछि नक्कली फेसबुक प्रोफाइलबाट समेत पीडित महिलाको आफन्त तथा साथी भाइहरूलाई पठाइ चरित्रहत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । साईबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टाेलीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई मंगलबार पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।