छुट्टाछुट्टै ठाउँमा अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा अवैभ लागूऔषधसहित २ जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–१ सतासीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र डिजिटल तराजु १ थानसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही नगरपालिका–३ घर भएका २७ वर्षीय राजु बुढाथोकी र उनकै श्रीमती २८ वर्षीया सम्झना विश्वकर्मा बुढाथोकी रहेकी छिन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ र तराजुसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका–११ महेन्द्र चोकबाट नियन्त्रित लागूऔषध ट्राईस्पास १ सय ९५ पिससहित एक जना रहेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका–९ बस्ने ३६ वर्षीय राजु सहनी रहेका छन् । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा सहनीलाई उक्त लागूऔषधसहित बिहीबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।