कुलोमा डुबेर बालकको मृत्यु

दियोपोस्ट संवाददाता

 कास्की । कुलोमा डुबेर बालकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१७ पावर हाउस नजिक नहर कुलोमा डुबेर एक जना बालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही महानगरपालिका–७ घारीपाटन बस्ने डिल्लीराम अधिकारीको छोरा १० वर्षीय सम्बोधन अधिकारी रहेका छन् ।

उक्त कुलोमा पौडी खेल्ने क्रममा कुलोले बगाएको भन्ने खबर प्राप्‍त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट संयुक्त रूपमा खटिएको उद्दार टोलीले खोजी गर्ने क्रममा उनको शव बिहीबार बिहान फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस