१२ वर्षीया बालिका, बलात्कृत एक जना पक्राउ

दियो पोस्ट  

रामेछाप । रामेछापमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्क बस्ने ३७ वर्षीय भुपेन्द्र भुजेल रहेका छन् ।
भुजेलले ती बालिकालाई सोही ठाउँस्थित गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरी टोलीले बिहीबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।