बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१ बस्ने ३६ वर्षीय दिनेश कोइराला रहेका छन् ।

काठमाडौं महानगरपालिका–१ भाटभटेनीस्थित राधा देवी गुप्रका संचालक दिनेशले आफ्नो नाममा रहेको बिभिन्न बैंकहरुको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी बिभिन्न ब्यक्तिहरुलाई भुक्तानी दिनुपर्ने रकमको बैंक चेक दिएका थिए ।

पीडितहरुको रकम फिर्ता नगरी फरार रहेको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

उनीमाथि काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसूरमा १९ , ठगीमा १ र केही सार्वजनिक अपराध कसूरमा १ गरी जम्मा २१ कसूरमा मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीमाथि बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस