काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सास्थित सडकमा स.१ त ५२९१ नम्बरको ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७५ वर्षीय ईद्रिष मोहिम रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी एकेडेमी पर्सा रामगोपालपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ठक्करबाट घाइते भएका अन्य १ जनाको उपचारको लागि सोही अस्पतालमा उपचार हुनुका साथै ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी महोत्तरीकै बर्दिबास नगरपालका–३ गुञ्ज होटलस्थित सडकमा प्रदेश ०१–०२६च ५६४३ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७२ वर्षीय बाबुराम मोक्तान रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।