लिखत सम्बन्धी कसूरमा एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । लिखत सम्बन्धी कसूरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ भालुखोप बस्ने ५५ वर्षीय जित बहादुर कार्की रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७२ पुस २२ मा भएको फैसला  कार्कीले सफाई पाउने गरी फैसला भएको थियो ।

उक्त मुद्दाको फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी शिक्षक पेशामा पुनर्वहालीको लागि उक्त फैसला कार्यान्वयन गरी पाउँ भनि सर्वोच्च अदालतमा पेस गरिएको थियो ।

सोही फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी लिखत सम्बन्धी कसूर गरेको खुल्न आएपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।