१४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

दाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङ रहेका छन् । गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई गरी पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।