कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसले शुक्रबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरदा दिन लागेको हो ।

आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्न लागेको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

सरकारको प्रभावकारिता, बजेट लगायतका विषयमा पनि सांसदहरूले आफ्नो धारणा राखेका थिए ।

पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।