छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा बा.५ ख ८७५२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा घर भई सोही नगरपालिका–८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझीको छोरा ५ वर्षीय प्रियांश माझी रहेका छन् ।दुर्घटनाबाट आमाछोरा गम्भिर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कृष्ट अस्पताल लगेकोमा उपचारको क्रममा प्रियांशको शनिबार दिउँसो मृत्यु भएको हो । घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको र साथै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिरहाको लहान नगरपालिका–२० बथनाहा चोकस्थित सडकमा स.८ प ७४७ नम्बरको मोटरसाइकल साढेसँग ठोकिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानान्कारकट्टी गाउँपालिका–४ बस्ने ४५ वर्षीय अनुरुद प्रसाद यादव रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा शनिकार राति मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।