छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित दिपेन पोडेको ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५१ वर्षीय दिपेन पोडेसहित ९ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी तनहुँको आबुखैरेनी गाउँपालिका–३ पानीघट्टास्थित प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय प्रकाश बगालेसहित ११ जना रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित शनिबार दिउँसो पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।