९ लाख बराबरको चोरीपैठारीको लत्ताकपडासहित ५ जना पक्राउ

दियो पोस्ट  

बाँके । बाँकेमा चोरीपैठारीको लत्ताकपडासहित ५ जना पक्राउ परेका छन् । जिल्लाको डुडुवा गाउँपालिका-६ मुन्सीपुर्वाबाट करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित ५ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरुमा भारत घर बताउने ३५ वर्षिय सिता प्रसाद कौली, २६ वर्षिय गुडु यादव, २४ वर्षिय राजेन्द्र कौली, २७ वर्षिय खर्मन पठान र २४ वर्षिय गुड्डुप कसिफ छन् ।

यूपी ४० एक्स ९२२७ नम्बरको भारतीय मोटरसाईकल र ५ वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ४ सय १५ थान सुट, ७५ थान तन्ना र ९ सय ४० थान सुज कभरसहित उनीहरुलाई बिओपी कालाबन्जार बाँकेले आइतबार नियन्त्रणमा लिएको हो ।

मोटरसाईकल चालक भने सशस्त्र प्रहरीको टोलीलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । नियन्त्रणमा लिएकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकल र साईकलसहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।