लुकाई छिपाई ल्याउँदै गरेको लत्ताकपडासहित २ जना नियन्त्रणमा

दियो पोस्ट  

रौतहट । लुकाई छिपाई ल्याउँदै गरेको लत्ताकपडासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ ईद्रिसबाट करिब २१ लाख ६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा र यात्रुवाहक बससहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा धादिङ्ग जिल्लाको बेनिघाट रोलाङ्ग गाउँपालिका २ बस्ने २७ वर्षिय राजकुमार लामा र रौतहट जिल्लाको बृन्दावन नगरपालिका ७ बस्ने २१ वर्षिय मिराज अन्सारी रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ५१४४ नम्बरको यात्रुवाहक बसमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउदै गरेको उल्लेखित मुल्यको लत्ताकपडासहित उनीहरुलाई सुरक्षा वेश फतुहाले नियन्त्रणमा लिएकाे हाे ।

नियन्त्रणमा लिएका व्यक्तिहरु सो गाडीको चालक र सहचालक रहेका छन् । पक्राउ परेका उनीहरूलाई बरामद लत्ताकपडा तथा बससहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।