मोरङमा लावारिस अवस्थामा भारतीय नागरिकको शव फेला

दियो पोस्ट  

मोरङ । मोरङमा लावारिस अवस्थामा भारतीय नागरिकको शव फेला परेका छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खान रहेका छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित पैनीमा डुबिरहेको अवस्थामा आइतबार शव फेला परेको हो ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको हेर्दा हत्या भएको हुनसक्ने इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले बताए । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको र शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको भण्डारीले बताए ।

घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।